वीरगन्जनको भन्सार क्षेत्रमा निषेधाज्ञा जारी
http://sindhulidarpan.blogspot.com/2012/05/s_2293.html
पर्सा जेठ ६ । लगातारको बन्द, हडताल, चक्काजाम, नाकाबन्दी हुन थालेपछि स्थानीय प्रशासनले वीरगन्ज भन्सार क्षेत्रमा निधेषाज्ञा जारी गरेको छ । वीरगन्ज भन्सार दिन प्रतिदिन बन्द हुन थालेपछि स्थानीय प्रशासनले वीरगन्जको सीमावर्ती क्षेत्र रजतजयन्ती चोकदेखि शङ्कराचार्य गेटसम्म नारा, जुलुस तथा धर्ना दिन प्रतिबन्ध लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोइरालाले जानकारी दिनुभयो । भन्सार राजस्व सङ्कलनमा कठिनाइ नहोस् र आयात–निर्यातमा कुनै किसिमको अवरोध नआओस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले सीमा क्षेत्रमा निषेधाज्ञा जारी गरेको बताइएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !