बसमा आगजनी गर्ने पक्राउ

लहान, जेठ ६ । ग्यारेजमा राखिएको यात्रुवाहक बसमा ‘बन्द उल्लङ्घन गर्ने ?’ भन्दै आगजनी गर्न खोज्ने मधेसी जनअधिकार फोरम नेपालसम्बद्ध एक कार्यकर्तालाई वडा प्रहरी कार्यालय लहानले आज राति पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक वृजकिशोर चौधरीका अनुसार पक्राउ पर्नेमा फोरम नेपाल लहान नगर समितिका विष्णु चौधरी रहेका छन् । 

‘बन्द रहेकाले बस चालकले स्थानीय पप्पु ग्यारेजमा थन्क्याएको ना४ख ४६९६ नं. को रात्रिसेवाको कृष्णरथ बसमा आगजनी गर्ने क्रममा चौधरीलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक चौधरीले भन्नुभयो– ‘मदिरा सेवन गरेर बसमा आगजनी गर्न खोजिएको रहेछ ।’

राजविराज–काठमाडौँ चल्ने उक्त बसमा गरिएको आगजनीले बसको पछिल्लो केही भाग जलेको छ । प्रहरी निरीक्षक चौधरीले बस धनी पक्ष र फोरमका स्थानीय कार्यकर्तासँग बसेर छलफल गरेर क्षतिपूर्ति तिराउने जानकारी दिनुभयो । फोरम नेपालले जेठ ५ गतेदेखि अनिश्चितकालीन तराई मधेस बन्दको आह्वान गरेको छ ।  

Related

राष्ट्रिय 4957622914784432157

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item