‘रात बिताउन खोज्नेलाई झापड’

http://sindhulidarpan.blogspot.com/2012/05/s_5769.html
-झरना थापा (नायिका)
सधैँका लागि रूप परिवर्तन गर्न पाउने भए ?
चरा बन्थेँ † त्यसमा पनि मयूर । कलाकार हुँ मेरो कला पनि मर्दैनथ्यो, मयूर बनी नाचिरहन्थेँ ।
राजेश हमाल र ब्राड पिटमध्ये को महत्त्वपूर्ण ?
ब्राड पिट हलिउडका नामी अभिनेता हुनुहुन्छ । राजेश हमाल पनि नेपाली चलचित्रका लागि महानायक । आ–आफ्नो ठाउँमा दुवै जना महत्त्वपूर्ण हुनुहुन्छ । तर, आÏनो क्षेत्रका हिसाबले मचाहिँ हमाललाई नै मान्छु ।
कुनै एउटा नायकलाई किस गर्नुपर्ने बाध्यता आइलागे ?
हाहाहा…त्यस्तो बाध्यता आइलागे त फेसबुक चलचित्रका स्वतन्त्रप्रताप सिंहलाई किस गर्थें ।
तपाईंको थेगो के हो ?

तपाईंले कान्स फेस्टिलबलको रेडकार्पेटमा फ्यानहरूबाट घेरिने मौका पाए ?
आ.हाहा.. चारैतिर अटोग्राफ दिइरहेकी हुन्थेँ होला । फ्यानहरूसँग छुट्टिनै गाह्रो पथ्र्यो होला ।
फेस्टिबलका दौरान कुनै क्रेजी फ्यानले एक रात साथ बिताउन अफर गरे ?
त्यस्तो प्रस्तावलाई सकेसम्म हाँसेरै उडाइदिन्छु । जबरजस्ती गर्यो भने त एक झापड लगाएर गार्डलाई बाहिर निकाल्न लगाउँछु ।
चन्द्रमामा जाने अवसर पाए श्रीमान्बाहेक कसलाई लैजाने ?
लाने त श्रीमान्लाई नै हो । अब नपाए ब्वाइफ्रेन्डलाई लगेर जाने नि †
हिँड्दाहिँड्दै सुनको डल्ला भेट्नुभयो भने ?
भगवान्लाई धन्यवाद दिन्थेँ अनि चलचित्रमा लगानी गर्थें ।
- श्रोत:सौर्य दैनिक
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !