एमाओवादीले विश्वासका सबै आधारहरु गुमायोः कांग्रेस

काठमाडौं, जेठ १९ । कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादीले विश्वासका सबै आधारहरु माइसकेकाले आफूहरु जनता समक्ष जानु परेको स्पष्ट पार्नु भएको छ । कोइरालासँग भेट्न कोइराला निवास महाराजगञ्जमा आज विहान पुग्नु भएका प्रधानमन्त्री बाबुराम भट्टराईसँग कोइरालाले सो कुरा बताउनु भएको हो ।


कांग्रेसले बिगत देखि एमाओवादीको विश्वास गर्दै आएको र ‘धेरै कुरा दिदैगएको’ स्मरण गराउदै कोइरालाले अब आफूहरु संवैधानिक र राजनीतिक लडाईमा जान बाध्य भएको जानकारी प्रधानमन्त्री भट्टराईलाई गराउनु भएको छ ।
प्रधानमन्त्री भट्टराईले आफू कामचलाउ प्रधानमन्त्री मात्र भएको जनाउदै नेताहरु बसेर सहमति खोजे आफू जस्तो सुकै निर्णय मान्न तयार रहेको बताउनु भएको छ । जवाफमा सभापति कोइरालाले विश्वासिलो वातावरण नभएकाले आफूहरु जनता समक्ष जानु पुनः दोहराउनु भएको थियो ।
‘एमाओवादी नेतृत्वमा सत्ता कब्जाको मानसिकता कायमै रहेकाले समस्या बल्झिइरहेको कुरा मैले प्रधानमन्त्रीजीलाई स्पष्ट रुपमा भनेको छु,’ कोइरालाले भन्नुभयो, ‘सहमतिको सरकार बनाउन पनि मद्दत गरेको स्मरण गराए, उहाँले तपाईहरु बसेर सहमति गर्नुस मात्र भन्नुभयो ।’
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति कोइरालाले तत्काल एमाओवादी सहितका दलहरु बसेर सहमति खोज्ने सम्भावना नरहेको बताउनु भयो ।

‘उहाँहरुले अविश्वासको पस्थिति बनाउनु भयो,’ कोइरालाले भन्नुभयो, ‘त्यसकारण अहिले हामी हाम्रा संघर्षका कार्यक्रममा व्यस्त छौ ।’
न्यायाधीश रणबहादुर बमको हत्याका सन्दर्भ उठाउदै कोइरालाले प्रधानमन्त्री भट्टराईलाई सुरक्षाको अवस्थाका बारेमा समेत ध्यानाकर्षण गराउनु भएको थियो ।

Related

राष्ट्रिय 1425686614873849943

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item