३ महिने तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण



सिन्धुली दर्पण/जेठ २८


रोजगार कोषको सचिवालय हेल्भेटास नेपालको सहयोगमा सिमेका ह्युमन रिसोस्रेस एकेडेमी प्रा.ली द्धारा सन्चालित विल्डीङ् इलेक्ट्रीसियन र जुनियर प्लम्वर विषयक ३ महिने रोजगारमूलक निःशुल्क तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम  सिन्धुली माढीमा सम्पन्न भएको छ ।

सिमेका ह्युमन रिसोस्रेस एकेडेमीका तालिम तथा रोजगार अधिकृत सागर पाण्डेको सभापतित्व एवं जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जीनियर कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्माण व्यवसायि संघ सिन्धुलीका अध्यक्ष जय कुमार ढकाल खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्द्रविलास खनाल आर आर आर एस। डी।पी का इन्जीनीयर कृष्णचरण ढंगाना कान्तिपुर दैनिकका राजकुमार कार्की रडियो सिन्धुलीगढीका द्धारिका काफ्ले अनेरास्ववियुका केन्द्रिय सदस्य रेणुराज दवकोटा रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष खुसराज पौडेल लगायतको उपस्थिती रहेको थियो ।

करिव ६० जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा जुनियर प्लम्वर तथा विल्डिङ इलेक्ट्रीसियन तालिमका ४६ जना सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सहभागीको तर्फवाट तिलक अछामे र रोमबहादुर भट्टराईले तालिम पश्चातका आफ्ना अनुभव सुनाउनुका साथै २२ वटा घरमा विद्युतिकरणको काम गरिरहेको बताए ।  प्रमाण पत्र पाएर खुसि लागेको बताए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि कृष्ण प्रसाद पौडेलले अवसर आँफै सृजना नभएर अवसरलाई खोज्नुपर्ने वताउनुभयो । साथै वहाँले संघर्ष गरेर पाएको अवसर मात्र दिगो हुने  र त्यसले मात्र स्थायित्व पाउने वताउनुभयो । 

वहाँले यस्ता दक्ष जनशक्तिहरु स्थानीयस्तरमा खुृसी लागेको वताउँदै अवका दिनहरुमा आफू र आफ्नो कार्यालयवाट आउने अवसरहरुमा यिनै जनश्िक्तहरुलाई प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी निर्माण व्यवसायी संघका अध्यक्ष जय कुमार ढकालले निर्माणको क्षेत्रमा विभिन्न तालिम लिएका प्रशिक्षार्थीहरुलाई उनिहरुले पाएको प्रमाण पत्रको प्रतिलिपि उपलब्ध गराए आफू मातहत संचालनमा आएका निर्माणका कार्यहरुमा सामेल गराउन भरमगदुर सहयोग गर्ने बताउनु भयो ।  कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुले प्रमाण पत्र लिने दक्ष जनशक्तिहरुलाइ आउने दिनहरुमा भरपुर सहयोग गर्ने वचन दिँदै प्रमाण पत्रको सदुपयोग गर्न आग्रह समेत गरेका थिए । 
हेल्भेटास नेपालकै सहयोगमा सिमेका ह्युमन रिसोसे्रस एकेडेमी प्रालीले सिन्धुलीमाढीमा तीन वटा रोजगारमूलक निःशुल्क प्राविधिक तालिम संचालन गरिरहेको छ । जसमा जुनियर कम्प्युटार हार्डवेयर टेक्नीसियनमा २२ जना मोवाइल रिपेयरीङ टेक्नीसीयनमा २२ जना र लोकल रोड सुपरभाइजरमा २२ जना गरी जम्मा ६६ जना सहभागीहरु तालिमरत रहेको तालिमका जिल्ला संयोजक लक्ष्मण घिमिरेले बताउनुभयो । 

Related

स्थानिय 2034720957637417850

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item