ज्यादै भयो सिन्धुलीमा वस दुर्घटना(फोटो फिचर)



नेपालमा आत्महत्यावाट मर्ने जिल्लाहरुको सुचिमा इलाम पहिलो भएझै यो वर्ष वस दुर्घटनावाट मर्नेहरुको सुचीमा सिन्धुली जिल्ला नेपालमै पहिलो वनेको छ । नयाँ वर्ष लागेसगै सिन्धुलीमा ठुला तिन दुर्घटनावाट डेढ दर्जनभन्दा वढीको अनाहकमा ज्यान गयो ।

अहिल्यको चिया गफ देखी प्रत्यक कार्यालयसघंसस्थापसलहरुमा वस दुर्घटनाको चर्चा हुन्छ ।  पत्रपत्रिकामा समाचार धेरै वनेका छन् । पहिलो होईन दोस्रो पनी होईन धेरै दुर्घटना भए । कोहि वसमा यात्रा गदैछ भने एकछिन झस्किनु पर्ने वाध्यता भएको छ मेरो यात्रा जिवन भन्दा पनी महत्वपुर्ण हो त  आखिर किन नियोजित जस्तै दुर्घटना भईरहेका छ त सिन्धुलीमा  सम्वन्धीत निकायको कानमा वतास नचलेको होकि आफै र आफ्ना आफन्तलाई केहि भएपछी मात्र थाहा पाउनेहुन् ।

काग कराउदैछ पिना सुक्दैछ भन्ने हो भने त त्यो अवस्था पनी आउदैछ क्यारे । जतिपनी सवारी दुर्घटना भए सवैमा अत्याधिक यात्रुको चाप लिएर हिडेको वस नै भएका छन् । वसको सिटमा वस्न त पाचौ घण्टादेखी रुङ्नै पर्छनै वसको छतमा वस्न पनी एकआपसमा रातो मुख लगाउन पर्छ । एउटा वसको  सिटमाउविएरहुटमाढोकामासिढीमाझ्यालमाअघाडी पघाडी ए त्या भन्दा वढी त ठाउँ हुदैन क्यार यो लेख पढ्दा  सम्वन्धीत निकायले भन्ला हामीले नियम वनाएका छौ ।

तिनका नियमले विसको उन्नाई भाको छैन । वसको छतमा नचढ्नुहोला भनेर केहि हुन्छ  अनिवार्य रुपमा वाध्य वनाउनु परो नि । प्रहरी प्रसासनको अघाडी नचढाउनुहोला अलि पर पुगेपछी जति पनी चढाउदा हुन्छ भनेझै वुझिन्छ दुर्घटनाहरुको प्रकृती हेर्दा त । किनकी वसमा नचढेर जेट विमानमा चढेको जस्तो यात्रु हुन्छन ।

सिन्धुलीमा यतिका ठुल्ठुला दुर्घटना भए के यात्रुका वुद्धिमा चै विर्को नै  लागेको हो त  आखिर यात्रुले पनी वुझ्नु पर्ने होनि मेरो यात्रा सुरक्षित छैन भने लाग्छ भने किन ज्यान जोखिम वनाईवनाई यात्रा गर्नु  सवारी साधन भनेको मान्छे मार्ने भट्टी भईसकेको वेलामा किन देख्दादेख्दै असुरक्षित यात्रा गर्नु । त्यसमा पनी यात्रुले नै वुझ्न आवश्यक छ । हैन भने यात्राले जात्राको स्वरुप दिन सक्छ । हामीले हेर्न सक्छौ कति दुःखपुर्ण भए सिन्धुलीमा भएका वस दुर्घटनाहरु । 


यो सिन्धुलीको विपि राजमार्ग अन्र्तगत पिपलभन्जाङमा भएको वस दुर्घटनाको तस्विर हो यो दुर्घटनामा ३ को मृत्यु भएको थियो भने ४१ भन्दा वढी घाईते भएका थिए । 







वैशाख २० गते खुर्कोट सिन्धुलीवाट वनेपा जादै गर्दा १२ को ज्या गएको थियो भने १५ गम्भीर घाईते भएका थिए ।











जेठ २३ गते सिन्धुलीको रानिचुरी गाविसमा भएको वस दुर्घटनावाट ४ ले ज्यान गुमाएका छन् भने ४२ भन्दा वढी घाईते भएका छन् । 





के अव वस दुर्घटना हुन वाकी सिन्धुलीको कमलाखोज क्षेत्र र मरिन क्षेत्र नै हो  होशियार रहनुस् ज्यान जोगाउनोस् सुरक्षित यात्रा गर्नुहोस् नत्र  अनाहकमा ज्यान गुमाउनु शिवाय केहि छैन किनकी सम्वन्धीत निकायको कानमा तेल हालिएको छ । कहिल्य सुक्नु र सुन्नु जनताको चिच्याहट ।  
 - एसवी गौतम 

Related

स्थानिय 1194820037986874431

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item