अन्तर्राष्ट्रिय श्रम संगठनको गभर्निङ बडीमा नेपालको जित


एमाले सभासद बिन्दा पाण्डे भारी मतका साथ बिजयी 
पिएमसिआर/जेठ २४

 अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको गभर्निङ बडीमा नेपाल बिजयी भएको छ । 
स्वीजरल्याण्डको जेनेभामा चलिरहेको १०० औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा गएराति भएको निर्वाचनमा एमाले सभासद बिन्दा पाण्डे निर्वाचित हुनुभएको हो । निर्वाचनमा एक सय २७ मत मध्ये पाण्डेले ९४ मत पाउनुभएको थियो । एमालेको श्रमिक संगठन नेपाल टे्रड यूनियन महासंघ जिफन्टले आईएलओको गभर्निङ बडीका लागि श्रमिकहरुका तर्फबाट सभासद् विन्दा पाण्डेलाई उम्मेद्वार बनाएको थियो ।

आईएलओको गभर्निङ बडीमा तीन प्रकारका गरेर एक सय ८८ सदस्य हुनेमा नेपालले ६६ सदस्यीय रहने डेपुटी मेम्वरमा उम्मेद्वारी दिएको थियो । निर्वाचनमा एसिया तथा प्रशान्त क्षेत्रका लागि छुट्टयाईएको सिटमा नेपालसँगै चीन भारत न्यूजील्याण्ड जापान पाकिस्तान वहराईन तथा ईण्डानेसियाका टे्रड यूनियनहरुले उम्मेद्वारी दर्ता गराएका थिए ।

Related

विश्व 6412581417793340897

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item