क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भयो:स्थानियवासी







सिन्धुली दर्पण/जेठ २३


दुर्घटनामा परी ४ को ज्यान गयो भने ४२ भन्दा वढी घाईते 



सिन्धुली दर्पण/जेठ २३

सिन्धुलीमा आज बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन । मृत्यु हुनेमा वाहुनतिल्पुङ ३ कि उषा भनिने अश्विर्या देवकोटाकमलामाई नगरपालिका ६ कि गगां फुयाल डुडभन्जाङ ३ का वर्ष १२ को पुजन लामिछाने र सुर्खेत जिल्ला विजौरा गाविसका विरेन्द्र जिसी रहेका छन् ।

 ४२ घाईतेहरुमध्ये १२ जनालाई काठमाण्डौ र १४ जनालाई वर्दिवास लगिएको र वाकिको सिन्धुली जिल्ला अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ । सिन्धुलीवाट चकमकेतर्फ गइरहेको ना ३ ख २६१४ नम्वरको यात्रुवाहक वस रानीचुरी गाविस ७ तिनतलेमा दुर्घटनाग्रस्त भएको थियो ।

 क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुनसक्ने घाइते तोश्रामखोला निवासी वावुलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार छतमा बढी यात्रु राख्नाले दुर्घटना भएको हो ।

Related

स्थानिय 5704266952799173155

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item