दूतावासको अर्को ठग्ने काईदा


खाडी सन्देश/जेठ २३ 

कतारस्थित नेपाली दूतावासले नक्कली माग पत्रलाई प्रमाणीकरण गर्ने गरेको खुलासा भएको छ ।
रोजगारदाताले मेनपावर कम्पनीलाई दुई थरी मागपत्र दिने गरेको र दूतावासमा पेश गरेको नक्कली मागपत्रलाई स्वीकृति दिने गरेको स्रोतले जानकारी दिएको छ । दूतावासले न्यूनतम तलब ६ सय रियाल र खाना बस्न निःशुल्क नभएको मागमा प्रमाणीकरण नगरिदिने भएपछि व्यवसायीहले नक्कली मागपत्र पेश गर्ने गरेको र दूतावासले त्यसैलाई प्रमाणीकरण गर्ने गरेको स्रोत बताउँछ ।
स्रोत भन्छ – दूतावासले यस अघि अनिवार्य खाना सुविधाको व्यवस्था हुनुपर्ने नियम लगाएको थियो । तर, कतारका ७० प्रतिशत भन्दा बढि रोजगारदाताले खाना सुविधा दिने गरेका छैनन् । फलस्वरुप दूतावासमा नक्कली मागपत्र आउन थालेको छ र दूतावासले पनि हचुवाको भरमा प्रमाणीकरण गर्दै आएको छ । नक्कली मागपत्र प्रमाणीकरण गर्ने कतारका राजदूत सुर्यनाथ मिश्रले सरकारलाई खुलेआम झुठो बोलेर भ्रममा पारिरहेका स्रोत बताउँछ ।
श्रम मन्त्रलायले नक्कली मागपत्रको बिगबिगी भएको गुनासो आएपछि राजदूत मिश्रसँग बुझ्दा उनले सबै माग सहि भएको झुठो जानकारी दिएका थिए । यस विषयमा मन्त्रालयले अनुसन्धान गरिएको मन्त्रालयका सह सचिव पुर्णचन्द्र भट्टराईले जानकारी दिएका छन् ।
नक्कली मागमा विदेश जान बाध्य कामदारहरु निःशुल्क खाना सुविधा पाइने आसमा विदेश गए पनि त्यहाँ पुगेपछि भने आपूmले गरेको सम्झौता अनुसार सेवा सुविधा नपाएर बिचल्mलीमा पर्ने गरेका छन् ।
दूतावासमा माग पत्र प्रमाणीकरण गर्न आउने व्यवसायीहरुलाई दूतावासका कर्मचारीहरुले ‘माग सक्कली हो कि नक्कली हो, नक्कली भए त चार्ज बढि लाग्छ नि’ भन्दै कमिसन माग्ने गरेको स्रोतले जानकारी दिएको छ ।
उता, वैदेशिक रोजगार विभागले भने, यस विषयमा अनभिज्ञता प्रकट गरेको छ । विभागका निर्देशक काशीनाथ मरासिनीले दूतावासबाट प्रमाणीत भएर आएको मागपत्रमा विभागले स्वीकृति दिने गरेको बताउँदै यस विषयमा केही भन्न नसकिने बताए । मरासिनीले सम्झौता अनुसारको सेवा सुविधा नपाएको भन्दै गुनासो बढ्न थालेपछि विभागले यसलाई गम्भिर रुपमा लिएको बताएका छन् ।
मेनपावर व्यवसायीहरुले भने सरकार र दूतावासले बिना सरसल्लाह गरेको निर्णयका कारण समस्या सिर्जिएको बताएका छन् ।
व्यवसायीहरुका अनुसार रोजगारदातासँग समन्वय नगरि दूतावासले मात्र निर्णय गर्नाले नक्कली माग ल्याई काम गर्नेहरु बढेका हुन् ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item