बिदेशीलाई अंगीकृत नागरिक देउ:तमलोपा

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_4807.html
पिएमसिआर/जेठ २३
तराई मधेश लोकतान्त्रिक पार्टीले नेपालमा जन्मीएका कुनैपनि बिशदेशी नागरिकलाई अंगीकृत नागरिकता उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।
सिहदरबारमा आज तमलोपाका नेताहरुले उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरासंग भेटगरेर नेपाल भित्र जन्मेका कुनैपनि बिदेशी नागरिकलाई जन्मसिद्ध आधारमा अंगीकृत नागरिकता उपलब्ध गराउन माग गरेको सहअध्यक्ष हृदयश त्रिपाठीले जानकारी दिनुभयो । उहाँले नेपालमा जन्मीने जो कोही नागरिकले नागरिकता पाउने अधिकार रहेको बताउनुभयो । सरकारले नेपालमा जन्मीएकै आधारमा बिदेशी नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन नसकिने भन्दै हाल त्यो ब्यवस्था बन्द गरेको छ ।
यस ब्यवस्थालाई पुनः खोल्नुपर्ने माग गर्दै तमलोपाले आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझेपछि गृहमन्त्री कृष्णबहादुर महराले तमलोपाले अघि सारेका मागका सम्बन्धमा आफुले एक्ले केही गर्न नसक्ने भन्दै सबै दल र बिज्ञको सल्लाह लिएर ठोस निर्णय लिने आश्वासन दिएको छ । उहाँले कार्यकर्ता माथि लागेका राजनीतिक मुद्धाका सम्बन्धमा भने सोच्न सकिने बताउनुभएको छ ।
त्यसै गरेर तमलोपाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारवीच भएको बिगतको आठ बुँदे सहमति कार्यान्वनय गर्न माग गरेको छ । आठ बुँदे सहमतिमा उल्लेख भए अनुसार मधेश आन्दोलनका क्रममा आफ्ना कार्यकता माथि लागेका मुद्धा खारेज गर्नपनि माग गरेको सह अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !