तयार हुँदैछ नयाँ भर्सनको विन्डोज

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_5218.html

न्युयोर्क-
आगामी वर्ष माइक्रोसफ्टले कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ भर्सन ल्याउँदैछ। डेढ वर्षअघि सार्वजनिक भएको विन्डोज ७ लाई सन् २०१२ मा विन्डोज ८ ले विस्थापित गर्नेछ। सन् १९९५ देखि संसार चिहाउने झ्याल विन्डोजका रुपमा सुरुवात भएको हो। अब आउने नयाँ भर्सन विन्डोजको छैठौ पुस्ता हुनेछ। माइक्रोसफ्टले मोबाइलका लागि भने विन्डोज फोन सेभेन ल्याउने तयारी पूरा गरेको छ जसमा ५ सय नयाँ फिचरहरु समावेश हुनेछन्। ‘हाम्रो एक वर्षको मेहनतपछि तपाँईहरुले विन्डोज ८ मा धेरै विशेषताहरु पाउनु हुनेछ,' माइक्रोसफ्टका प्रमुख कार्यकारी स्टिभ वालमरले भने, ‘यो भर्सनमा चलाउँदा व्यक्तिगत कम्प्युटर, टेब्लेट्स र ल्यापटपहरुमा धेरै फरक अनुभूति हुनेछ।'
कम्पनीले सार्वजनिक गर्ने मोबाइल भर्सनको अपरेटिङ सिस्टममा ५ सय नयाँ फिचरहरु समावेश हुने भएकाले स्मार्ट फोन उत्पादकले निक्कै चासो दिइरहेका छन्। माइक्रोसफ्टले ३५ करोड कम्प्युटरमा विन्डोज ७ बिक्री गरेको थियो। विन्डोज ७ को नेपाली बजार मूल्य १८ हजार रुपैयाँ तोकिएको थियो। तर, विन्डोज ७ नेपालमा आधिकारिकरुपमा बिक्री हुन थाल्नुअघि नै राजधानीका बजारमा यसको पाइरेटेड भर्सन आइपुगेको थियो जुन ५० रुपैयाँमा नै किन्न सकिन्थ्यो। ‘विन्डोज ७ मा हामीले प्रयोगकर्तालाई सन्तुष्ट पार्न धेरै गर्यौ। यसमा टच, इन्क र स्पिच थप्यौँ,' वालमरले भने, ‘नयाँ पुस्ताका लागि हामीले थप कुराहरु हेरिरहेका छौं।' (एजेन्सी)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !