कतारमा भव्य सास्कृतिक कार्यक्रम हुदै


सिन्धुली दर्पण/जेठ २३
म्युजिक अफ हार्मोनी रक्स कतारले यहि आउँदो १६ र १७ जुनमा देशी तथा विदेशी कलाकारहरुको साथ एउटै मञ्चमा कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रमका लागि इन्डियन आइडल प्रशान्त तामाङ, १९७४ एडी का एड्रिन प्रधान, सन्जय श्रेष्ठ, मनोज केसी, निराकर याक्थुङ्ग कतार जादै भएका छन् । त्यस्तै गरी नेपाली चलचित्रकी नायिका तथा कुशल नृत्यांगना दिया मास्के र चर्चित हास्य कलाकार जितु नेपाल  पनि आउने कुरा म्युजिक अफ हार्मोनी रक्स कतारका इभेन्ट म्यानेजर डेविड क्षेत्रीले वताउनुभयो । 

विदेशी कलाकारहरुमा चाहिँ फिलिपिन्सका चर्चित रिभिन्स व्याण्डका एकोन, बिनो, मार्क, जोन, इटेनले अंग्रेजी तथा फिलिपिनो रक प्रस्तुत गर्ने भएका छन् । त्यस्तै, कतारमा स्थापित अर्को स्थानीय उचयवभअत द्दण्ट नामक फिलिपिनो व्याण्डले पनि आफ्नो प्रस्तुती दिने भएको छ भने बिट्स एण्ड बाईट्सका चर्चित नृत्यकार तथा नृत्यांगनाहरुले फ्रि स्टाइल डान्स तथा वेली नृत्य प्रस्तुत गर्ने भएका छन् ।  जितु नेपाल मुन्द्रेको फरक प्रस्तुती र उद्घोषण रहने सो कार्यक्रममा म्युजिक अफ हार्मोनी समूहले पनि आफ्नो रकहरु प्रस्तुत गर्ने भएका छन् ।

उदय राई, निर्मल सुन्दास, नरेश रायमाझी, पप्पु केसी तथा डेविड क्षेत्रीहरुको समूहले गठन गरेको म्युजिक अफ हार्मोनी टिमले पनि नेपाली तथा अंगे्रजी रकहरु प्रस्तुत गर्ने भएका छन् । अन्य देशका गायक गायिका तथा नृत्यकार तथा नृत्यांगनाहरुलाई एउटै प्लेटफर्ममा ल्याएर सांस्कृतिक पहिचान विनिमय गर्नु प्रमुख उद्येश्य रहेको इभेन्ट म्यानेजर डेविड क्षेत्रीले वताउनुभयो । ३०, ५० र २०० को टिकट दर सहित बजारमा आईसकेको र टिकट बिक्री कार्य फिलिपिनो व्याण्डले पनि सुरु गरिसकेको बताउँदै उक्त कार्यक्रममा फिलिपिनो दर्शकहरुको पनि भारी उपस्थिती रहने आयोजकले बताए । टिकट बिक्रीबाट प्राप्त आम्दानी नेपालका अनाथ तथा विकलांग बालबालिकाको सहयोगार्थ प्रदान गरिने बताईएको सो कार्यक्रम जुन १६ र १७ गते साँझ ६:३० बाट सुरु हुनेछ ।

 दोहा जू को ड्रिम पार्कमा गरिने कार्यक्रमको टिकटहरु दोहा तथा सनैयाका सवै नेपाली रेष्टुरेन्ट तथा सफारी मल, सफारी हाइपर पापा जोन्सको सवै शाखाहरु र सीजीसी नोकियाका सवै सोरुमबाट प्राप्त गर्न सकिने आयोजक समूहका सदस्य पप्पु केसीले बताए । नेपालबाट यस कार्यक्रमको लागि नमस्ते इन्टरटेन्मेन्टका पाल्देन शेर्पाले सहयोग गरेका छन् भने नेपाल कतार अनलाईन कार्यक्रमको मिडिया पार्टनर रहेको छ ।  

Related

मनोरञ्जन 8644561049624752464

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item