औलो विरुद्धको विषादी छिट्न रकम अभाव

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_3381.html
मिनकुमार दाहाल/जेठ २२
औलो प्रभावित क्षेत्र मानिएको जिल्लाको आठ गाँउ विकास समिती र नगरपालीकामा दोस्रो चरणको औलो विरुद्धको विषादी रकम अभाव भएको कारण छिड्न नसकीएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले पहिलो चरणको भदौ असोज महिना र दोस्रो चरणको चैत वैशाक महिनामा औलो विरुद्धको विषादी छिट्ने गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक वर्ष सिन्धुली जिल्लाको कमलाखोंचका आठ गाविसहरु लदाभीर,दुधौली,टाँडी,सिर्थौली निपाने,हर्षाही,हत्पते,रानिवास र कमलामाई नगरपालीका क्षेत्रमा लामखुट्टे विरुद्धको विषादी सल्फा मेथि्रन छिट्ने गरेको थियो ।
जिल्लाको औलो प्रभावित क्षेत्रमा औलो नियन्त्रण गर्न विषादी नेपाल सरकारले केन्द्रिय मेडीकल स्टोरवाट जिल्लामा पठाए पनि रकम अभावको कारण छिट्न नसकिएको जिल्ला स्वाथ्य कार्यालय सिन्धुलीका लेखा अधिकृत सुरेश दाहालले वताउनुभयो ।
औलो विरुद्धको विषादी छिट्न प्रत्येक वर्ष ग्लोवल फन्टको सहयोगमा औलो प्रभावित क्षेत्रमा विषादी छिट्ने गरीएको थियो । यस वर्ष ग्लो वल फन्टले रकम नदिए पछि विषादी छिट्न समस्या भएको उहाँले वताउनुभयो । पहिलो चरण भदौ असोजमा छिटेको विषादीको रकम पनि ग्लोवल फन्ट नदिए पछि औषदी छिट्न प्रयोग गरीएको जनशक्तिलाई नेपाल सरकारले तलव भत्ता उपलव्ध गराएको थियो दाहाले वताए । नेपाल सरकारले विषादी उपलव्ध गराउने र काम गर्ने जनशक्तिलाई तलव भत्ता ग्लोवल फन्टले सहयोग गर्ने गरेको थियो ।
औलो विरुद्धको विषादी भिमान उप-स्वास्थ्य चौकीमा आएर वसेको छ । विषादी छिट्ने जनशक्तिलाई तलव भत्ता दिन कार्यालयसँग रकम नहुँदा विषादी छिट्न नसकिएको लेखा अधिकृत दाहालले वताए । लामखुट्टेले टोकेको कारण सिन्धुलीमा प्रत्येक वर्ष औलो रोगीका विरामीहरु भेटीने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले २०२२ साल देखी नियमित रुपमा कमला खोंचका ८ गाविस र कमलामाइ नगरपालीकामा औलो विरुद्धको विषादी छिट्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत हिरा पौडेलले वताउनुभयो । नियन्त्रणमा आइसकेको औलो विरुद्धको विषादी छिट्ने कार्यय रोक्न नहुने अधिकृत पौडेल वताउछन् । लामखुट्टे नियन्त्रण गर्न औलो विरुद्धको विषादी वर्षाद हुनु अघि नछिड्दा लामखुट्टे वढ्न थालेको स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !