प्रहरीद्वारा पत्रकारहरुमाथि लाठीचार्ज,आधा दर्जन घाईते दुई दर्जन पक्राउ

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_9547.html
रामएकवाल महरा/जनकुरधाम/जेठ २२
पत्रकारलाई दुव्र्यवहार गरेको विरोधमा धर्नामा बसेका जनकपुरका पत्रकारमाथि प्रहरीले आज लाठीचार्ज गरेको छ । लाठी चार्जबाट करिब आधा दर्जन पत्रकार घाईते भएका छन् । गत जेष्ठ १२ गते राति करिब ११ बजे नागरिक दैनिकका जनकपुर संवाद्दाता सरेशकुमार यादवलाई मुजेलिया प्रहरी चौकीका प्रहरी नायव निरिक्षक शशी ठाकुरले हातपात गर्दै घण्टौ नियन्त्रणमा लिएको विरोधमा रिपोर्ट्स क्लब नेपाल धनुषाको अगुवाईमा धर्नामा बसेका पत्रकारमाथि प्रहरीले लाठी चार्ज गर्दै करिब दुई दर्जन पत्रकारहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
प्रहरीको लाठी चार्जबाट सीमााचल दैनिकका सम्पादक पत्रकार उपेन्द्र भगत नागवंशी सहित आधा दर्जन पत्रकारहरु घाईते भएका छन् भने दुई दर्जन पत्रकारहरु प्रहरी हिरासतमा रहेका छन् । घाईतेहरुको उपचार अहिले जनकपुर अाचल अस्पतालमा भईरहेको छ । नागवंशीको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा आक्रोशित पत्रकारहरुले नाराबाजी गर्दै पक्राउ परेका पत्रकारहरुको रिहाईको माग गरिरहेका छन् ।
पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व सभापति वृजकुमार यादव नवलकिशोर यादव लगायतका रहेका छन् । पत्रकारहरुले जेष्ठ १६ गते ३ दिने अल्टिमेटम सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए भने १९ गतेदेखी जिल्ला प्रशासनमा धर्नामा बस्दै आएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !