सबैभन्दा कम उमेरमा प्याराग्लाईडिङ गर्दै नया बिश्व किर्तिमान

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_8257.html
गोकुल बानियाँ/जेठ २२
सबैभन्दा कान्छो उमेर २ बर्ष ११ महिनाका बालकले आज पोखरामा प्याराग्लाईडिङ गर्दै नया किर्तिमान कायम गरेका छन् । काठमाण्डौको चाबहिलको ईष्टपोल उच्च माबिमा एलकेजीमा अध्ययनरत बालक सालिन थापाले आज बिहान सराङकोट प्याराग्लाईडिङका पाईलट घनश्याम गौतम संगै १६ सय मिटर माथि उडेर नया किर्तिमानी कायम गरेका हुन् ।
ठुल्ठुला मान्छेहरु प्याराग्लाईडिङमार्फत हावामा उड्दा मुटु कमाउने अबस्थामा सालिन ३० मिनेट हावामा सफलतापुर्बक उडेर किर्तिमानी रच्न सफल भएका हुन् । यसअघि पाच बर्ष ८ महिनामा प्याराग्लाडिङ गरी बिश्व रेकर्ड कायम गरेका ईटलीका बालकको रेकर्डलाई शालिनको सहासले तछोडेको छ । बुबा सागर थापा र आमा शान्ति थापाको दोस्रो सन्तानको रुपमा २०६५ असार २० गते काठमाण्डौको चाबहिलमा जन्मेका थापाले आज बिहान कास्कीको सराङकोटबाट उडान भरी पोखराको खपौदीमा अबतरण गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !