कोरियामा नेपाली चलचित्र प्रदर्शनी हुने

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_7123.html
- बिनोद पौडेल
दक्षिण कोरियामा नेपाली कथानक चलचित्र के नाता होला प्रदशनी हुने भएको छ । नेपाल अपांग संघ रुपन्देहीको निर्माणधिन भबनको सहयोगार्थ नेपाल चलचित्र कलाकार संघ दक्षिण कोरिया को आयोजनामा चलचित्र निर्माता एबम निर्देशक स्वर्गीय गोपाल सुबेदी को तेस्रो चलचित्र के नाता होला को दक्षिण कोरियाको राजधानी सोल लगाएत बिभिन्न शहरहरुमा प्रदर्शनी हुन लागेको हो ।
यथार्थ सामाजिक बिषय बस्तुमा आधारित उक्त चलचित्रमा मुख्य बिषय बस्तुको रुपमा नायिकाले आफ्नो र पैत्रिक सम्पतिको रक्षाको निम्ति खेलेको साहसिक र बलिदानी भूमिका लाई सवल रुपमा प्रस्तुत गरिएको छ घर संसार र औठा छाप जस्ता सफल चलचित्र निर्माण र निर्देशन गर्नु भएका सुबेदीको हालै अल्पायुमै निधन भएकोमा उहाको स्मृतिमा प्रदशनी गर्न लागिएको उक्त चलचित्र जुलाई ३ जोगेसा बुदिस्ट हलमा , जुलाई १० मा आन्सान माइग्रेन्ट हलमा , जुलाई १७ मा थेगु काउन्सेलिंग सेन्टरमा र जुलाई २४ मा किमे म्युजियम हल मा प्रदशनी हुनेभएको ले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली महानुभाब हरुलाई सफल पारिदिनुहुन बिनम्र अनुरोध का साथै उक्त दिन अन्य कार्यक्रम नजुधाई दिन सबै संघ सस्था हरुलाई नेपाल चलचित्र कलाकार संघ ले आग्रह गरेको छ ।
la..ramro vo..aansan ma chahi herna gaiyela jasto chha hai...
ReplyDelete