भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी काठमाण्डु आउँदै

काठमाण्डौ,असार २ । 
नेपालस्थित भारतीय दूतावास र नेपाल क्रिकेट सङ्घ (क्यान) को संयुक्त आमन्त्रणमा भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी नेपाल आउँदै हुनुहुन्छ । धोनी अहिले बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने क्यानले जनाएको छ । धोनीको यो पहिलो नेपाल भ्रमण हो । 

दुईदिने बसाइमा कप्तान धोनीले यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी, महिला राष्ट्रिय क्रिकेटर र अन्य सिनियर खेलाडीसँग भेटघाट तथा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । धोनीको नेपाल भ्रमण तथा उनीसँगको अनुभव साटासाट कार्यक्रमले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने क्यानले विश्वास लिएको छ । धोनीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रियस्तरको त्रिवि क्रिकेट पिचको अवलोकन गर्नुका साथै पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम छ ।

Related

प्रमूखखबरहरु 5386466287141253777

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item