एनआरएन महिला समिति युएईको सहयोगबाट बुद्धमाया तामाङ नेपाल फिर्ता
http://sindhulidarpan.blogspot.com/2012/06/i_8604.html
लालबहादुर ढेंगा, युएई,असार २ ।
युएईस्थित कार्यरत नेपाली महिलाहरुको हक हितका लागि भर्खरै मात्र स्थापना गरिएको एनआरएन अन्तर्गत महिला समिति युएईले सिन्धुली घर भएकी बुद्धमाया तामाङलाई दुबईबाट उद्धार गरी स्वदेश नेपाल घर फिर्ता पठाउनमा सफल भएको छ । विगत ११ महिनादेखि दुबईस्थित ईरानीको घरमा घरेलु कामदारको रुपमा कार्यरत बुद्धमाया तामाङले विभिन्न यातनाहरु सहदै आएको क्रममा आफ्नो पासपोर्ट या कुनै पनि डकुमेण्ड नलिएर घरबाट भाग्नमा बाध्ये भएकी थिइन् । एनआरएन महिला समितिको सम्पर्कमा आएपछि अध्यक्ष अर्चना बस्नेत रोकाहाले बसोबासका लागि व्यावस्था समेत गर्नु भएको थियो । नेपाली दूतावासको पहलमा सबै कानुनी प्रक्रियाहरु पूरा गरी नेपाल फर्किन सफल हुनु भएको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !