लजाएकी थिइन् किम


नग्नतासँग नहिच्किचाउने हलिउड अभिनेत्री किम करदर्शियन लजाइन् भन्ने सुन्नुभयो भने तपाईंलाई आश्चर्य लाग्न सक्छ । तर, सत्य हो, छोडपत्र भएका बेला उनी असाध्यै लजाएकी थिइन् ।
‘विवाह भएको ७२ दिनमै छोडपत्र हुँदा म ज्यादै लजाएकी थिएँ,’ उनले भनिन् । बास्केटबल खेलाडी क्रिस हम्फ्रिजसँग विवाह भएको तीन महिना नपुग्दै उनले छोडपत्र गरेकी थिइन् ।
छोडपत्र भएको दिन सम्झिँदै किमले भनिन्, ‘मानिसको अपेक्षाअनुरूप तपाईंको वैवाहिक जीवन चलेन भने असाध्यै लजमर्दो हुँदो रै’छ, मलाई त्यस्तै भयो ।’
छोडपत्रपछि एक्लै बस्तै आएकी उनी थप केही समय एक्लो हुने धुनमा छिन् । ‘अरू सामु धेरै खुल्नु पनि हुँदैन रै’छ, केही कुरा आपैँmभित्र सीमित राख्नुपर्दो रै’छ । त्यसैले केही समय मैले जीवनमा निजता चाहेकी छु,’ उनले भनिन् । गायक केनी वेस्टसँग प्रेम सम्बन्धमा रहेकी किमले ‘निजता’ रुचाएको प्रसंगलाई उनका प्रशंसकले चासोपूर्वक हेरेका छन् । (एजेन्सी)

Related

मनोरञ्जन 4453318079333597053

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item