नयाँ राजनीतिक सहमति खोज्नु पर्छ

काठमाडौं, असार १४  । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरवीच भेटवार्ता भएको छ । कोइराला निवास माहाराजगञ्जमा आज विहान भएको भेटमा सभापति कोइरालाले बृहत्त राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्न ठाकुरसँग आग्रह गरेका छन् । ‘सहमतिको विकल्प छैन, त्यसैले तपाईहरुले पनि सहयोग गर्नुपर्छ,’ कोइरालालाई उदृत गर्दै प्रेस सल्लाहाकार विपुल पोखरेलले भने, ‘मुलुकलाई राजनीतिक निकास दिन सबै पक्ष सकारात्मक हुनुपर्छ ।’


उनले कांग्रेसले शुरु गरेको संबाद प्रक्रियाका आधारमा सहमति खोज्नुको विकल्प समेत नरहेको उल्लेख गरेका छन् । भेट पछी सञ्चारकर्मीसंग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले निर्वाचन घोषणा भइसकेको अवस्थामा उत्पन्न राजनीतिक  परिस्थितिमा नयाँ सहमतिको आवश्यक रहेको बताए । उनले भने, ‘दलहरुका वीच नयाँ राजनीतिक सहमति आवश्यक छ भनेर मैले सभापति कोइरालासँग भनेको छु ।’
दलहरुका वीच सम्बन्ध चिसिएका समयमा कांग्रेस सभापति कोइरालासँग सत्तारुढ दल तमलोपा नेपालका अध्यक्ष ठाकुरले भेटबार्ता गरेका हुन् ।

Related

राष्ट्रिय 8198251809524985689

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item