सिन्धुलीका आधादर्जन गाविसका जनता राहत पर्खदै

http://sindhulidarpan.blogspot.com/2015/05/rahat.html
गौशाला, २१ वैशाख । सिन्धुली जिल्लाका विकट क्षेत्रमा रहेका आधादर्जन गाविसका भूकम्पपीडितले आफूहरुले अहिलेसम्म कुनै राहत नपाएको भन्दै राहतको गुहार गरेका छन् ।
भौगोलिक हिसाबले विकट क्षेत्र मानिएको बाकेश्वर, शीतलपाटी, भीमेश्वर, भुवनेश्वरी, तीनकन्या र मधुवा गाविसमा महाभूकम्पबाट हजारौँ स्थानीय बासिन्दा प्रभावित भएका छन् भने उनीहरुले अहिलेसम्म आफूहरुले कतैबाट कुनै राहत नपाएको गुनासो गरेका छन् ।
ती गाविसका पीडितसम्म सरकार तथा कुनै पनि दाताहरुले अहिलेसम्म राहत नपु¥याएको र उनीहरु अझै पनि राहतको पर्खाइमा रहेको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक सर्वश्री लालबहादुर सिंह ठकुरीले बताएका छन् ।
प्रहरी निरीक्षक ठकुरीका अनुसार ती पीडितले महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायतका तराईका छिमेकी जिल्लाबाट राहतका लागि आग्रह गरेका छन् । - रासस
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !