एकीकृत माओवादीद्वारा जनमुक्ति सेना पूर्वाञ्चल सङ्घ गठन

इटहरी,असार १४ । एकीकृत नेकपा (माओवादी) विभाजन भए लगत्तै पार्टी कार्यकर्ताहरू आफ्नो पक्षमा टिकाइराख्ने अभियान पनि तीव्र बनेको छ । यही क्रममा पार्टी संस्थापन पक्षले पूर्वी नेपालमा रहेका माओवादी जनमुक्ति सेनाका स्वेच्छिक अवकास लिएकाहरूलाई समेटेर पार्टीमा नै आवद्ध गराउने अभियानअन्तर्गत आज सुनसरीको इटहरीमा पूर्वका पूर्व लडाकुहरूको भेला सम्पन्न गरेको छ ।

एकीकृत नेकपा (माओवादी) संस्थापन पक्षका केन्द्रीय सदस्य शितलकुमारको उपस्थितिमा भएको भेलाले पार्टी विभाजनबाट पार्टीभित्र भएको नोक्सानीबारे छलफल गरी पूर्व लडाकुहरूलाई पार्टी संस्थापन पक्षमा नै आवद्ध गराई राख्न स्वेच्छिक अवकास लिएका ब्रिगेड भाइस कमाण्डरको जिम्मेवारी निर्वाह गरेका पासाङ शेर्पाको संयोजकत्वमा पूर्वाञ्चल सङ्घ गठन भएको छ ।

पूर्व लडाकुहरूको भेलापछि आयोजित पत्रकार सम्मेलनमा सङ्घका सल्लाहकार हिमाल सुवेदीले फुटेर गएको वैद्य पक्ष समूहमा सीमित लडाकुहरू मात्र गएको दाबी गरे । पूर्वी नेपालमा माओवादी जनमुक्ति सेनामा आवद्ध दुई हजार ५ सय लडाकुमध्ये केही व्यक्ति वैद्य पक्षमा गए पनि प्रायः सबै लडाकुहरू संस्थापन पक्षमा नै रहेको पूर्व जनमुक्ति सेना सङ्घ पूर्वाञ्चल संयोजक पासाङको भनाइ रहेको छ ।

स्वेच्छिक अवकास लिएका पूर्व लडाकुहरूमध्ये प्रथम डिभिजन र दोस्रो डिभिजनमा रहेका ब्रिगेड भाइस कमाण्डरहरू पासाङ, राजन चौहान, प्रकाश राई, श्यामवीर लिम्बु र बलबहादुर विक बैठकमा सामेल थिए । 

Related

विविध 5465096125710498939

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item