आकाशबाट पानी थपिएपछि सिन्धुलीबासी अझै त्रासमै

राजन गाउँले, सिन्धुली, बैशाख १५ । 

महाभूकम्प गएदेखी सिन्धुीबासीले त्रासमै खुल्ला आकाशमा दिनरात बिताइरहेका थिए नै आकाशबाट पानी थपिएपछि अहिले जिल्लावासीलाई पिडामाथी पिडा थपिएको छ ।  

भूकम्पले श्रीमती गुमाएका भीमेश्वरका तुलसी श्रेष्ठ भन्छन् भूकम्पले मेरो जीवन खरानी बनायो । श्रीमती गुमाउनु पर्र्यो, घर पनि पुरियो, पानीले पिटेको पिटेई छ, हार गुहार गर्दा त शत्रुले पनि साथ दिन्छन् होला, शत्रुको पनि आत्मा पलाउछ होला तर,  भगवानसँग सहयोगको बिन्ती गर्दापनि पीडा कम हुन सकेन । 

 जिउमा लगाएको एक सरो लुगा र केटाकेटी लिएर ज्यान जोगाउन त सके तरपनि पानीमा ओत लाग्नै समस्या भएको कमलामाई नगरपालिका–४, आहालेका तुलाराम विकले गुनासो गरे ।

घरभित्र बसौँ भने भूकम्प आउछकि भन्ने त्रास, बाहिरै बसौँ भने पानी पर्न रोकिएको छैन, एक थान पाल सम्म भएको भए टाउको लुकाउने थिए, विकले भने पानी मात्रै नपरेको भएपनि छोराछोरी काखीच्यापेर खुल्ला आकाशमै बस्नेथिए होला ।  


शनिबार गएको भूकम्पले उनको घर पुरै भत्किएको छ ।  भूुकम्पपछि आएको वर्षाका कारण भात पकाएर खान समेत गाह्रो भएको जलकन्याका भुकम्प पिडित रामबहादुर विकले गुनासो गरे । उनले भने  तिनदिन देखी विद्यालयको शरणमा बसेका छौ ।

जिल्लाका अधिकांस भूकम्प पिडितलाई वर्षाले सताएको छ । उनिहरुले सरकारबाट समयमा राहत नपाएकै बेला वर्षाले थप आहत बनाएको गुनासो गरेका छन् । भूकम्पले हल्लाएका घरहरु आकाशको पानी एवं चट्याङ र हावाहुरीले भत्कीएर लड्न थालेका छन् । 

जिल्लामा करिब ७ हजार घरहरुमा भुकम्पले क्षती पु¥याएको पुर्वानुमान गरिएको छ । जसमा  ८० प्रतिशत घरहरु पूर्णरुपमा क्षती भएको अनुमान गरिएको छ ।  पिडितले तत्काल राहतको आशा गरेका छन् । 

बिवरण संकलनका लागि टोलीहरु गाउँगाँउमा खटिएकाले त्यसको विवरण संकलन पछि राहत वितरण गरिने सरकारी अधिकारीहरुले जनाएका छन् ।  

Related

बोक्सीको आरोपमा आफ्नै दाई र भाउजुवाट कुटपिट

गुल्मी, असोज  २८ । बोक्सीको आरोपमा गुल्मी जिल्लाको पराल्मी गाविसमा दाईले भाई/बुहारीलाई निर्घात कुटपिट गरेका छन् । पराल्मी–७, रातामाटाका भोजबहादुर बिश्वकर्मा र उनकी पत्नी लक्ष्मीलाई ...

दशैंमा लोडसेडिङ घट्दै

काठमाडौं, असोज २९ ।  नेपाल विद्युत प्राधिकरणले दशैं भरि लोडसेडिङको समय घटाउने निर्णय गरेको छ । निर्णय अनुसार सो समयमा एक सातामा १८ घण्टा मात्रै लोडसेडिङ हुने छ । दशैंलाई ध्यानमा राखेर प्राध...

आफ्नो क्षेत्रको विकासका लागि आफै जुट्नुपर्छ:प्रधानमन्त्री

महोत्तरी,असोज २८ ।  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो क्षेत्रको विकासका लागि आफै जुट्नुपर्ने बताउनुभएको छ । जनताले स्वयं आफ्नो क्षेत्रको विकासका लागि अघि बढने मात्रै देशको विका...

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item