त्रिवि स्ववियुको कार्यालयमा आगजनी
http://sindhulidarpan.blogspot.com/2012/06/i_8780.html
काठमाडौं, फागुन १५। अज्ञात समूहले त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु कार्यालयमा शुक्रबार राति आगो लगाएर सबै सामाग्री जलाई दिएको छ । शुक्रवार स्नातकोत्तर तहको अर्थशास्त्र विषयको नतिजा प्रकासित भएपछि त्यही बिबादको आडमा राति आगो लगाइएको स्ववियुको आरोप छ ।
आगो लगाइएपछि स्ववियु भवन, महत्वपूर्ण कागजातहरु र कार्यालय प्रयोजनका सम्पूर्ण सामग्री पूर्णरुपमा नस्ट भएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष तथा स्ववियु सभापति हिमाल शर्माले अर्थशास्त्र विषयको परीक्षाको विबादको आवरणमा अन्य समूहले अपराधिक क्रियाकलाप गरेको दाबी गरे ।
गत वर्ष अर्थशास्त्र विषयको शुक्ष्म अर्थशास्त्रको परीक्षामा दुई केन्द्रका विद्यार्थीले उत्तरपुस्तिका च्यातेका थिए । च्यातेका विद्यार्थीले पुनः परीक्षा माग गरेका थिए । तर, परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षा नलिई नतिज सार्वजनिक गरेको छ । आगो कस्ले लगाएको हो भन्ने बारेमा स्पष्ट केही बताईएको छैन ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !