पशुस्वास्थ्य शिविरमा ३ सय ९४ पशुको स्वास्थ्य परिक्षण
http://sindhulidarpan.blogspot.com/2012/06/i_5361.html
दोलखा,असार १६ ।
दोलखाको भीमेश्वर नगरपालिका ८ माटीमा रहेको महेन्द्रोदय उच्च माध्यामिक विद्यालयमा आज पशु शिविरको आयोजना गरिएको छ । जिल्ला पशुसेवा कार्यालय, जिल्ला कृषि सहकारी संघ, जुनतारा कृषि सहकारी संस्थार चरङ्गे सानाकिसान कृषि सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा ३ सय ९४ पशुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
शिविरमा गोवर परिक्षण तथा पशु वन्ध्याकरण लगायतको सेवा प्रदान गरिएको थियो । शिविरमा स्वास्थ्य जाँच गरिउका पशुमा जुका तथा नाम्ले रोगको समस्या देखिएको आयोजक कृषि सहकारी संघ दोलखाका अध्यक्ष भुवन श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा जिल्ला पशुसेवा कार्यालयको प्राविधिकहरुको टोलीले पशूको स्वास्थ्य परिक्षण गरेको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !