सिन्धुलीका भूकम्पपीडित पाचँ सय परिवारलाई जस्तापाता : थापा

http://sindhulidarpan.blogspot.com/2015/05/quake.html
काठमाडौं, ५ जेठ । सिन्धुलीका भूकम्पपीडित ५ सय घरपरिवारको लागि जस्तापाता उपलब्ध गराउन आफु लागि परेको राप्रपाका केन्द्रिय सदस्य उज्जल थापाले बताएका छन् ।

'म विशेषतः भारत लगायतका देशमा रहेका आफ्ना साथीहरुसगँ सहयोगको लागि अनुरोध गरिरहेको छु, उनिहरुले चाहे भने २ हजार भन्दा बढी घरपरिबारलाई पुग्ने जस्तापाता उपलब्ध गराउन सक्छन्' उनले भने ।
हालसम्म सिन्धुलीका भूकम्पपीडितको लागि १ करोड बराबरको राहत सामाग्री उपलब्ध गराइसकेको पनि उनले बताएका छन् । कहाँबाट कसले के-कती सहयोग गरे भन्ने सिन्धुली दर्पणको प्रश्नमा ५ लाख दिने र ५० रुपैयाँ दिने दुबै आफ्ना लागि उत्तिकै महत्वपुर्ण हुनेहुदा सबैको नाम लिन नसक्ने र सहयोग गर्ने सबैको जानकारी आफुसँग नभएको पनि उनले बताए ।
उनि भन्छन् 'भारतबाट सिधै सिन्धुली राहतका समान ल्याउदा पनि ट्रकको भाडा समेत साथीभाइले तिरिदिएका रहेछन् ।'
केही दिनअघी मात्रै थापाले ६१ लाख बराबरको ५ हजार थान त्रिपाल, ५ हजार थान कम्बल, ३ सय म्याट लगायतका राहत सामाग्री भारतबाट ल्याएका थिए ।
त्यसपछि पनि ७ हजार ७० केजी चामल, १ सय ६० केजी पिठो, १९ सय ५६ सेट बालबालिको लागि लुगा, करिब एक दर्जन सडना सिरक सेट सिन्धुलीका भूकम्पपीडितको लागि उपलब्ध गराइसकेको उनले बताएका छन् ।
त्यसपछि पनि ७ हजार ७० केजी चामल, १ सय ६० केजी पिठो, १९ सय ५६ सेट बालबालिको लागि लुगा, करिब एक दर्जन सडना सिरक सेट सिन्धुलीका भूकम्पपीडितको लागि उपलब्ध गराइसकेको उनले बताएका छन् ।
'मेरो घरनै भूकम्पले भत्काएको छ तरपनि म आफ्नो जिल्लाबासीको लागि पहिलो प्राथमिकताका साथ लागिपरेको छु,' उनले भने ।
आफुले कुनै दल तथा भौगोलिक क्षेत्र विशेषले काम नगरेको र आगामी दिनमा पनि राहत वितरणमा प्रमुख जिल्ला अघिकारी एवं जिल्लाका समाजसेवी व्यक्तित्वहरुसगँ छलफल गरेर अतिप्रभावित गरिब परिबारको लागि काम गर्ने उनले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !