एसएलसीको नतिजा सावर्जनिक, ग्रेस पाँच नम्वर
http://sindhulidarpan.blogspot.com/2012/06/i_9264.html
काठमाडौं, जेठ ३१ । २०६८ सालको प्रवेशिका परीक्षा एसएलसीको नतिजा आज सार्वजनिक भएको छ ।
नियमित तर्फ २ लाख आठ हजार एक सय ८७ पास भएका छन् । यस पटक विशिष्ट श्रेणीमा १७ हजार एक सय ६०, पहिलो श्रेणीमा ७७ हजार २ सय ५७, दोस्रो श्रेणीमा ९३ हजार ८ सय ३० र तेस्रो श्रेणीमा ८ हजार ७ सय ९१ जना उत्तीर्ण भएका छन । नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए । बोर्ड बैठक पछि आयोजित पत्रकार सम्मेलनमा दिईएको जनाकारी अनुसार विद्यार्थीलाई पाँच अंक ग्रेस दिईएको छ । एसएलसीको नतिजा छिटो थाहा पाउन नेपाल टेलिकमको टेलिफेनमा १६०० डायल गरेर सुनिने निर्देशन अनुसार नतिजाको जानकारी पाउन सकिने छ । १४०० मा पनि एसएमएस गरेर नतिजा जानकारी पाउन सकिने छ । २०६८ सालको एसएलसी परीक्षामा नियमित तर्फ र एक्जाम्टेड गरी पाँच लाख २८ हजार २ सय ५७ विद्यार्थी सहभागी थिए ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा बसेको एसएलसीको बोर्ड बैठकले परीक्षाको नतिजा प्रकाशन गरेको परीक्षा नियन्त्रक डिल्लीप्रसाद रिमालले जानकारी दिए । यस पटक नियमित तर्फ ४७ दसमलव १६ र एक्जाम्टेड तर्फ १३ दसमलव ७० प्रतिसत परीक्षार्थी उत्तीर्ण भएको नियन्त्रणक रिमालले बताए । अघि बर्ष भन्दा यस पटक विद्यार्थी केही थोरै उत्तीर्ण भएका छन् ।
नियमित तर्फ २ लाख आठ हजार एक सय ८७ पास भएका छन् । यस पटक विशिष्ट श्रेणीमा १७ हजार एक सय ६०, पहिलो श्रेणीमा ७७ हजार २ सय ५७, दोस्रो श्रेणीमा ९३ हजार ८ सय ३० र तेस्रो श्रेणीमा ८ हजार ७ सय ९१ जना उत्तीर्ण भएका छन । नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए । बोर्ड बैठक पछि आयोजित पत्रकार सम्मेलनमा दिईएको जनाकारी अनुसार विद्यार्थीलाई पाँच अंक ग्रेस दिईएको छ । एसएलसीको नतिजा छिटो थाहा पाउन नेपाल टेलिकमको टेलिफेनमा १६०० डायल गरेर सुनिने निर्देशन अनुसार नतिजाको जानकारी पाउन सकिने छ । १४०० मा पनि एसएमएस गरेर नतिजा जानकारी पाउन सकिने छ । २०६८ सालको एसएलसी परीक्षामा नियमित तर्फ र एक्जाम्टेड गरी पाँच लाख २८ हजार २ सय ५७ विद्यार्थी सहभागी थिए ।
जसमध्य नियमित तर्फ ४ लाख ४६ हजार १ सय ६६ र एक्जाम्टेड तर्फ ३६ हजार ३ सय ४१ परिक्षार्थीको सहभागिता थियो । अघिल्लो बर्ष एसएलसीको नतिजा असारमा प्रकाशित भएको थियो । एसएलसी परीक्षाको नतिजा आजै प्रकाशन हुने समाचार थाहा पाएपछि परीक्षा नियन्त्रकको कार्यालय सानोठिमीमा विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो । कार्यालय आसपासमा उच्च सुरक्षा सतर्कता समेत अपनाईएको थियो । यस बर्षको एसएलसी परीक्षा चैत सात देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !