कांग्रेस कार्यकर्ताको गोली हानी हत्या


सप्तरी, असार २९  । सप्तरी जिल्लाको सारस्वर गाविसमा आपसी विवादमा गोली चल्दा कांग्रेस कार्यकर्ताको मृत्यु भएको छ । गोली लागेर एमाओवादी समर्थक एक जना घाईते भएका छन् । उपभोक्ता समितिको विषयलाई लिएर गएराति सारस्वर–६ निवासी ताराकान्त यादव र उनका छोरा दीपेन्द्र यादवले अन्धाधुन्द गोली चलाउँदा कांग्रेस कार्यकर्ता स्थानीय ४० वर्षीय इन्द्रनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 छाती र टाउकोमा गोली लागेर गम्भीर घाइते यादवको उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी सहायक निरीक्षक विनोद झाले जानकारी दिए । यस्तै, गोली लागेर एकीकृत माओवादीका गाउँस्तरीय नेता कृषकुमार यादव गम्भीर घाइते भएका छन् । गोली हान्ने ताराकान्त र उन दीपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ ।

Related

विविध 753911583257538820

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item