तरकारी खेतीबाट जीवनस्तर फेरियो

http://sindhulidarpan.blogspot.com/2012/07/i_6412.html
ध्रुवचन्द्र खड्का, सिन्धुली,असार २७ ।
आफ्नो खेतबारीमा काउली, बन्दा, टमाटर, भाण्टा लगायतका तरकारी फल्न थालेपछि उनिहरुको जीवनमा केहि परिवर्तन आएको छ । घरायसी रुपमा उपभोग हुन नसकेको तरकारी सदरमुकाम सिन्धुलीमाढी, भिमान् बजार र दुधौली बजारसम्म निर्यात हुने गरेको कृषकहरुको भनाइ छ ।
सिन्धुलीको कमलाखाँेच क्षेत्रका कृषकहरुको तरकारी खेतीबाट जीवनस्तरमा परिबर्तन आउन थालेको छ । स्थानीय सामाजिक सङ्घ संस्थाले तरकारी खेती सम्बन्धि प्राविधिक ज्ञान सिकाई बिउ बिजन उपलब्ध गराएपछि केही बर्ष पहिलेसम्म दैनिक उपभोगका लागि तरकारी किन्ने कृषकहरु अहिले आफै खेतबारीमा मनग्य फलाएर बिक्री गर्न थालेका छन् ।

कमलाखाँेच क्षेत्रका हत्पते, निपाने, सिर्थौली, हर्षाही, रानीबास लगायतका गाविसमा कृषकहरु व्यवसायिक रुपमा तरकारी खेतीतिर जुटेका छन् । त्यस क्षेत्रमा स्थानीयस्तरमा तरकारी खेती हुनुअघि तराईबाट व्यापारीले तरकारी ल्याएर विक्रि गर्ने गरेका थिए । यातायातको समेत सुबिधा भएकाले गाँउमा उत्पादित तरकारी बिक्रि नहोला भन्ने उनिहरुलाई चिन्ता छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !