ललितपुर बन्द/जनजीवन प्रभावित


काठमाडौं, साउन ७  । सुन्दरीघाटमा सुकुम्वासी बस्ती बसाउने सरकारी निर्णयको विरोधमा आज ललितपुरमा बन्द आह्वान गरिएको छ । बन्दका कारण ललितपुरका विभिन्न स्थानको सवारी आवागमन प्रभावित भएको छ । स्थानीयवासीले सुन्दरीघाटमा सुकुम्वासी बसाल्न नपाईने भन्दै बिरोध गर्दै आएका छन् । 

सरकारले बागमती नदी किनारामा बसेका सुकुम्वासीलाई घरटहरा बनाएर बस्ती बसाउन थालेपछि स्थानीयले विरोध जनाएका हुन् । विरोध जनाउनेमा अधिकांश राजनीतिक दल र संघसंस्था रहेका छन् ।
बन्द सफल बनाउन प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारी स्थानीयलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

Related

विविध 6974050777431213688

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item