पुष्पलालको स्मरण



काठमाडौं, साउन ७ । एमाले अध्यक्ष झलनाथ खनालले लोकतान्त्रिक शक्तिहरू एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने बताएका छन् । कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३४औं स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गरेर अध्यक्ष खनालले मुलुकमा जारी शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गर्न वर्तमान सरकारको विस्थापन अनिवार्य रहेको जनाए । मुलुकलाई सहमतिको बाटोमा अघि बढाउन वर्तमान सरकारको विस्थापन अनिवार्य रहेको भन्दै उनले भने, ‘यसका लागि आन्दोलन बाहेक अर्काे विकल्प छैन ।’

‘कम्तीमा पनि वर्तमान सरकारको विस्थापन सहमतिको सरकारद्वारा गरिनैपर्छ,’ खनालले विज्ञप्तिमा भनेका छन्, ‘यसका निम्ति मुलुकका सबै लोकतान्त्रिक शक्ति एकगठ भई संयुक्त आन्दोलनमा अगाडि बढ्नुको अर्को कुनै विकल्प छैन ।’ विघटित संविधानसभाले सम्पादन गरेका उपलब्धीलाई जोगाउदै नयाँ संविधानमार्फत जनआन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।


पुष्पलालको संयुक्त आन्दोलनको नीति हाल राष्ट्रिय सहमतिको औचित्यमा रूपान्तरित भएको दाबी पनि उनले गरेका छन् । कम्युनिष्ट घोषणापत्रको नेपालीमा अनुवाद गरी नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्न पुष्पलालले अगुवाइ गरेका थिए । पुष्पलालको ३४ औं स्मृति दिवसका अवसरमा एमालेले आज राजधानी लगायत मुलुकभरी विभिन्न कार्यक्रमगरेर स्मरणगर्दैछ ।

Related

राष्ट्रिय 3801436259530525424

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item