महोत्तरीका एचआइभी संक्रमितको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/07/news_395.html
बर्दिवास, साउन ६।
महोत्तरी कारागरामा सजाय भोगीरहेका एचआइभी संक्रमित कैदी बन्दी उदयचन्द्र शर्माको उपचारका क्रममा आज काठमाडौंमा मृत्यु भएको छ । क्षयरोग समेत लागेका शर्माको उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लोपटक रोगले गलाएर कमजोर शर्मालाई १५ दिन देखि काठमाडौंमा उपचार गरिदै आईएको थियो ।
महोत्तरी जिल्लाको भ्रमरपुरा—५ का ५० वर्षीय शर्मा जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा दुई वर्षदेखि कारागारमा थिए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !