एकीकृत माओवादीले विस्तारित बैठकको निर्णय सार्वजनिक गर्ने

http://sindhulidarpan.blogspot.com/2012/07/news_9702.html
काठमाण्डौ,साउन ७ ।
एकीकृत माओवादीले पार्टीको सातौं विस्तारित बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ । विस्तारित बैठकका निर्णय सार्वजनिक गर्न एमाओवादीले आज दिउँसो तीन बजे पत्रकार सम्मेलन गर्दैछ । यही साउन २ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको साताँै विस्तारित बैठक हिजो ११ बुँदे समसामयिक र राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको थियो । पारित प्रस्तावअनुसार आगामी माघ महिनामा महाधिवेशनको आयोजना गर्ने र विद्यमान केन्द्रीय समिति, पोलिटव्यूरो, स्थायी समितिलगायत पार्टीका सबै समिति विघटन गर्दै महाधिवेशन आयोजन समितिमा रूपान्तरण गर्ने निर्णय भएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !