श्रीमतीसगँ सल्केको भन्दै युवकको हत्या

बाग्लुङ,साउन ७ । 


आफ्नै श्रीमतीसगँ यौन सम्पर्क गरेको गाउँमा हल्ला चलेपछि वाग्लुङका दलवहादुर पौडेलले एक युवकको हत्या गरेका छन् । ‘वनमा बाख्रा चराउन जाँदा पत्नीसँग यौनसम्पर्क गरेको देखेको गाउँका बालबच्चाले सुनाए,’ प्रहरी हिरासतमा रहेका ताराखोला–३ का ४५ वर्षीय पौडेलले भने, ‘रिसको झोकमा गाउँकै २५ वर्षीय विष्णु थापाको हत्या गरेको हुँ ।’ प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको छ । बुधबार राति हँसिया प्रहार गरेर पौडेलले थापाको हत्या गरेलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । पौडेलले सुतिरहेको अवस्थामा थापालाई हँसिया प्रहार गरेर हत्या गरेका हुन् ।
हत्या गर्नुपूर्व मृतक थापालगायतका स्थानीय युवासँग बसेर मदिरा पिएको उनले बताए । थापाको हत्या कुनै पूर्व योजनामुताविक नभएको उनले बताए । थापालाई प्रहार गर्न दाउरा खोजे पनि हँसिया फेला परेकाले त्यसैले हिर्काएको उनको भनाइ छ । आफूले हँसियाले घाँटीमा प्रहार गरेपछि थापाको घटनास्थलमै मृत्यु भएको पौडेलले बयानमा बताएका छन् ।


अभियुक्त पौडेलले पहिलो पत्नीको मृत्युपछि केही वर्षअघि २५ वर्षीया कमलासँग दोस्रो विवाह गरेका थिए । कमलाले वनमा जाँदा थापाले आफूलाई जबर्जस्ती गरेको दाबी गरेकी छन् । ‘वन र घरमा समेत नियमित यौनसम्पर्क भयो,’ उनले भनिन्, ‘घटना हुनु अघिल्लो रातमा सम्पर्क भएको थियो ।’ ‘पटक–पटक अवैध यौनसम्पर्क भएकाले हत्या भएको प्रारम्भिक बयानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न असई शैलेन्द्र खड्काले भने, ‘कमलाले भनेजस्तो जबर्जस्ती नभई पत्नीबाट सन्तुष्टि नमिलेपछि सहमतिमै यौनसम्पर्क गरेको देखिन्छ ।’ प्रहरीले हत्याको घटनापछि छानबिनका लागि मृतकका भिनाजु तुलबहादुर भण्डारी, स्थानीय मनबहादुर विक र अभियुक्त पौडेलकी पत्नी कमलालाई नियन्त्रणमा लिएको छ ।

Related

राष्ट्रिय 9043481567121460090

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item