के कति अध्ययन गर्छन नेपाली कलाकारले ?

http://sindhulidarpan.blogspot.com/2012/07/film_22.html
काठमाण्डौ,साउन ७ ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ? यो प्रश्न कुनै नेपाली कलाकारलाई सोधे प्राय:ले भन्छन्– पत्रपत्रिका वा पुस्तक पढेर । तर, पनि नेपाली कलाकारहरूलाई आरोप लाग्छ– उनीहरु अध्ययन गर्दैनन्, त्यसैले बौद्धिक पनि हुँदैनन् । भन्नचाहिँ उनीहरू कथा वा उपन्यास विधाका पुस्तकहरू पढिरहन्छु भन्छन् । तर, ती पुस्तकको विषयवस्तु वा अन्य डिटेल सोधियो भने या त टाउकोमा हात राखेर अनकनाउन थाल्छन्, या त अहिले बिजी छु भन्दै फोन काट्छन् । यद्यपि पछिल्लोचोटि विभिन्न विधाका पुस्तक अध्ययन गर्ने कलाकार नबढेका भने होइनन् । आजको शौर्य दैनिकले सो विषयमा यस्तो समाचार प्रकाशित गरको छ ।

नायिका रेखा थापाले अहिलेसम्म लगभग सातवटा पुस्तक अध्ययन गरेको सुनाइन् । तीमध्ये विचारका स्वरहरू उनलाई अधिक मन परेको रहेछ । त्यसका लेखकको नामचाहिँ उनलाई थाहा रहेनछ । ‘यो पुस्तकले मान्छेको विचार र लक्ष्य नकारात्मक हुने कुरालाई जोड दिएको छ, मान्छेले मान्छेलाई नचिन्ने अवस्था बढ्दै गइरहँदा मान्छेसँग मान्छेको जस्तो व्यवहार गर्न सन्देश दिएको छ’, उनले प्रस्ट्याइन् । ती सातै पुस्तकको नाम बताउन भन्दा उनले व्यस्तता देखाएर टार्न खोजिन् । भनिन्– ‘सबै नाम भन्न जरुरी पनि त छैन नि †’


चपली गर्ल विनीता बरालले अहिलेसम्म १ सयभन्दा बढी पुस्तक पढिसकेकी छन् रे † महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन सबैभन्दा मन पर्ने बताइन् । ‘यो पुस्तकले मानवीय धर्म अनि दायित्वलाई प्रबल रूपमा प्रस्तुत गरेको छ’ भनिन् । मन परेका अन्य पुस्तकको सूची यसरी सुनाइन्– ‘तसलिमा नसरिनको मेरो संघर्ष, पावलो कोहेलोको द अल केमिस्ट, किशोर नेपालको शहरको कथा, नारायण वाग्लेकोपल्पसा क्याफे, कुसुम शर्माको आगोको यात्रा, चेतन भगतको द थ्री मिस्टेक्स अफ माइ लाइफ र सरुभक्तको पागल बस्ती ।’ तर यी सबै पुस्तकका लेखकको नाम र थिम बताउन भने उनलाई पनि अप्ठ्यारो पर्यो । भनिन्– ‘बिर्सिएछु ।’
नायिका नन्दिता केसीले अहिलेसम्म ५ पुस्तक अध्ययन गरेको बताइन् । ‘यीमध्ये झमक घिमरेको जीवन काँडा कि फूल साह्रै मन पर्यो’, उनले भनिन्– ‘यसबाट जस्तोसुकै अवस्थामा पनि जीवन बचाउन सकिने सन्देश लिएकी छु ।’ तर, अन्य चार पुस्तकको नाम भने उनले छेउछाउसम्म पनि पुर्याउन सकिनन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !