देशभरका निजी प्लसटु बन्द


काठमाण्डौ,साउन ७ । 
नेकपा–माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) आह्वान गरेको बन्दका कारण देशभरका निजी विद्यालयहरुको पठनपाठन प्रभावित भएको छ । क्रान्तिकारीले आज र भोलि देशभरका निजी उच्च मावि बन्दको आह्वान गरेको छ । बन्दबाट देशभरका ५ सय ७ निजी उच्च माविमा प्लस टु अध्ययनरत विद्यार्थीहरु पढ्नबाट बन्चित भएका छन् । विदेशी नाम खारेज गरी नेपाली राष्ट्रियता झल्किने नाम राख्नुपर्ने, उच्च माध्यामिक शिक्षा परिषद्सँग भएको सहमति कार्यान्वयन गरिनुपर्ने लगायत माग राखेर मोहन वैद्य नेतृत्वको नेकपा– माओवादी पार्टीको विद्यार्थी संगठनले बन्द आह्वान गरेको हो । 

संगठनका संयोजक शरद रसाइलीले यसअघि पनि विभिन्न चरणमा निजी उच्च माविका विभिन्न सङ्गठन र विद्यालयका सञ्चालकसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने माग पूरा नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताउनुभयो । संगठनले निजी विद्यालय र कलेजले लिएका शुल्क वैज्ञानिक हुनुपर्ने, दर्ता नगरी सञ्चालन गरिएका निजी विद्यालयको सम्बन्धन खारेज गर्नुपर्ने माग राखेको छ ।


Related

राष्ट्रिय 4342026639285472485

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item