श्रमजीवी पत्रकार ऐन लागुगरी छोड्छु :यादव


 प्रकाश सुन्दास, काभ्रे,साउन ७ । 

सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले श्रमजीवी पत्रकार ऐनलाई ब्यवहारमै लागु गरी छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । पार्टीको विस्तारित बैठकको कार्यपत्र तयार पार्न काभ्रेको सदरमुकाम धुलिखेल आइपुग्नु भएका यादव र काभ्रेका पत्रकारहरुबीच आज विहान भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो बताउनुभएको हो । श्रमजीवी पत्रकार ऐन लागु गर्न मन्त्रालयले सञ्चार सम्बद्ध विभिन्न संघसंस्थाहरुसँगको छलफललाई तीब्रता दिएको बताउँदै उहाँले समाचार लेखेकै आधारमा पत्रकारहरु असुरक्षित बन्नु पर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

 पत्रकारहरुको सेवा सुविधाका लागि मन्त्रालयमा केन्द्रीय पत्रकार कोष र जीवन बिमाको समेत ब्यवस्था गर्ने अन्तिम तयारीमा पुगेको उहाँले जानकारी गराउनुभएको छ । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबहाक अध्यक्ष एवं सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री यादवले राष्ट्रिय सहमतिको आधारमा सरकार गठन गर्नुको कुनै विकल्प नरहेको दाबी गर्दै आरोपप्रत्यरोप भन्दा पनि निकासको बाटो खोज्न दलहरुलाई आग्रह गर्नुभयो । यसैबीच निर्माणधिन नेपाल पत्रकार महासंघ काभ्रे शाखाको भवनका लागि मन्त्रालयले ६ लाख बजेट विनियोजना गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।


Related

विविध 5906525417251636880

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item