मकवानपुरमा गाँजासहित एक जना पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/07/news_9400.html
मकवानपुर,असार २९ ।
आज बिहान मकवानपुरको मनहरी ४, सिम्पानीबाट गाँजासहित एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ । गाडी चढ्न लागेको समयमा सर्लाही ८ बस्ने ४० वर्षिया राजकुमारी राउतलाई पक्राउ गरिएको हो । प्रहरीले चेकजाँच गर्दा राउतको साथबाट अन्दाजी ८ केजी गाँजा बरामद गरेको हो । राउतलाई इलाका प्रहरी कार्यालय, मनहरीमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !