भ्रष्टाचारका आरोपी गोविन्दराज जोशीको आज सुनुवाई
http://sindhulidarpan.blogspot.com/2012/07/news_961.html
काठमाण्डौ,साउन १० ।
पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले आज सुनुवाई गर्दैछ । उहाँ विरुद्धको मुद्दामा विशेष अदालतले जेठ २९ देखि बहस सुरु गरेको थियो । जोशीले सार्वजनिक पदमा रहँदा करिब ३ करोड ९४ लाख रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० साल पुस २८ गते सर्वाेच्चमा मुद्दा दायर गरेको थियो ।
तर, विशेषका तत्कालिन अध्यक्ष भुपध्वज अधिकारी तथा सदस्यहरु कोमलनाथ शर्मा र चोलेन्द्र शम्शेर जवराले हदम्यादको कारण देखाउँदै मुद्दा खारेज गरिदिएका थिए । सर्र्वाेच्च अदालतले २०६८ पुस २४ गते हदम्यादको आधारमा भएको विशेषको फैसलालाई खारेज गरिदिएपछि फेरि गत वैशाख ६ गते जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !