विद्यालय तोडफोड नगर्न सरकारको आग्रह


काठमाण्डौ,साउन १० । 
शिक्षा विभागले विभिन्न स्थानका विद्यालयमा भइरहेको तोडफोड र बन्दका घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यस्तो कार्य रोकी वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । विभागका महानिर्देशक महाश्रम शर्माले आज एक प्रेस विज्ञप्ति जारी गरी सरकारले २०६८ जेठ ११ मा विद्यालय शान्तिक्षेत्र घोषणा गरेको र त्यसलाई सरोकारवालाले सकारात्मक रूपमा लिएको सन्दर्भमा विद्यालयमा तोडफोड र बन्दका घटना हुनु दुःखद् भएको बताउनुभयो ।

नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले काठमाडौँ र विराटनगरमा केही शिक्षण संस्था र विद्यार्थी बोक्ने सवारीसाधनमा विदेशी नाम हटाउन र व्यापारीकरण रोक्न माग गर्दै तोडफोड गरेको थियो भने यही साउन ७ र ८ गते देशभरका निजी उच्चमावि बन्द गरेको थियो । महानिर्देशक शर्माले शैक्षिक क्षेत्रसँग सम्बन्धित मागका सम्बन्धमा वार्ताको टेबुलबाट छलफल गरेर समाधान गर्न सकिने बताउनुभयो ।




Related

राष्ट्रिय 2335350309104502220

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item