आसाममा जातीय हिंसा जारी, ३५ को मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/07/abroad.html
काठमाण्डौ,साउन १० ।
भारतको उत्तरपूर्वी राज्य आसाममा हिजोदेखि सुरु भएको जातीय हिंसा गएराति पनि जारी नै रहेको छ । हिंसा जारी रहँदा त्यसमा परी थप नौ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । सुरक्षा अधिकारीहरुले हिंसा झन बढ्दो अवस्थामा रहेको बताएका छन् । आसाम राज्य र त्यसको वरपर जारी रहेको हिंसामा परी अहिलेसम्ममा ३५ को ज्यान गइसकेको पनि सुरक्षाअधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसमा परी केही घाइते पनि भएका बताइएको छ । आसामका स्थानीय आदिवासी बोडो र त्यहीँका मुस्लिम समुदायका बीचमा हिंसा भड्किएको हो । उनीहरुले एक अर्काेमाथि आक्रमण थालेपछि थप सुरक्षाकर्मी तैनाथ गरी नियन्त्रणको प्रयास गरिएको भएपनि अवस्था नियन्त्रणमा आउन सकिरहेको छैन । हिंसाका कारण एकलाख ७० हजारभन्दा बढीको सङ्ख्याका गाउँले विस्थापित भएको पनि भारतीय सन्चार माध्यमहरूले जनाएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !