सिन्धुलीका अधिकाशं कार्यालय प्रमुख कार्यालय छोडेर हिडे
http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli_5644.html
विदुर पौडेल,सिन्धुली,साउन १० ।
सिन्धुलीका अधिकाशं सरकारी कार्यालयहरु प्रमुख विहिन बनेका छन् । आर्थिक वर्ष सकिए लगत्तै विभिन्न वहानामा कार्यालय प्रमुख कार्यालय छोडेर हिडेको कर्मचारीहरुले नै वताएका छन । जिल्लाको सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्थाको अनुगमन गर्ने तथा शान्तिसुरक्षाको जिम्मेवारी सम्हाल्ने जिम्मा लिएका प्रमुख जिल्ला अधिकारी ,जिल्ला प्रहरी कार्यालयका प्रमुख देखि अधिकाशं कार्यालय प्रमुख कार्यालयमा छैनन् । कोही कार्यालय प्रमुखहरु घुमफिरको लागि गएको त कोही घरायसी काम भन्दै हिड्ेको सम्वन्धी कार्यालयका कर्मचारीहरुले वताएका छन् । प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञावली केही दिन देखि कार्यालयमा उपस्थित छैनन भने उहाँको सम्पर्क नम्वरहरु कुनैमा पनि सम्पर्क नहुने गरेको सेवा लिन प्रशानमा आएका सेवा ग्राहीहरुले वताउने गरेका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सानुराम भट्टराई भने घुम्नको लागि दुम्जा जानुभएकोे त्यहाँका कर्मचारीहरुले वताएका छन् । त्यस्तै स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्का काठमाडौवाट फर्केका छैनन । जिल्ला वन कार्यालयका प्रमुख जीवन कुमार ठाकुर ३–४ दिन अगाडी देखिनै हेटौडा लागेका छन् । जिल्ला प्रविधिक कार्यालयका प्रमुख कृष्ण पौडेल पनि काठमाडौ जानुभएको वुझिएको छ । कमलामाई नगरपालिकाका कार्यालय प्रमुख युवराज आचार्य पनि काठमाडौ तिर हान्निएको कर्मचारीहरुले वताएका छन ।
जिल्ला भु–संरक्षण कार्यालयका प्रमुख श्यामसुन्दर क्षेष्ठ ,मध्यमाञ्चल सिचाई विभाग डिभिजन नं.२ का कार्यालय प्रमुख सरोज पण्डित,जिल्ला नापि कार्यालयका प्रमुख देवकान्तलाल कर्ण,महिला विकास कार्यालयका प्रमुख चन्द्रकला श्रेष्ठ,जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका श्यामसुन्दर शाह,कन्दमुल तथा तरकारी विकास केन्द्रका प्रमुख रामजीप्रसाद शाह,जिल्ला हुलाक कार्यालयका प्रमुख श्री उपाध्याय,शाखा तथ्याङ्क कार्यालयका प्रमुख टिकाराम शर्मा जिल्ला निर्वाचन कार्यालयका प्रमुख धर्मराज गैरे ,जिल्ला शिक्षा कार्यालयका प्रमुख चन्द्रप्रसाद लुईटेल लगाएतका कार्यालय प्रमुखहरु कार्यालय छोडेर हिडेका छन । यसरी धेरै जस्तो कार्यालयप्रमुखहरु एकै चोटी हिड्दा सेवाग्रहीहरु समस्यामा परेका छन ।
यता जिल्ला कृषिविकास कार्यालयका प्रमुख,कोषतथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद दाहाल,खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख दिवाकर ढकाल,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख छविलाल थापामगर,जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. सत्यनारायण चौधरी,विद्युत प्रधिकरण सिन्धुलीशाखाका प्रमुख ललित चौधरी,जिल्ला कारागार प्रमुख कुलनाथ पोखरेल,नेपाल टेलिकम सिन्धुली शाखा प्रमुख उपेन्द्रराय यादव ,मालपोत कार्यालयका प्रमुख भने कार्यालयमै रहनु भएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !