गोविन्दराज जोशी भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद, दुई करोड १६ लाख जरिवाना


काठमाण्डौ,साउन १० । 

विशेष अदालतले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गर्दै सजाय सुनाएको छ । आज भएको सुनुवाईपछि विशेष अदालतका न्यायाधीशहरु गौरीबहादुर कार्की, ओमप्रसाद मिश्र र केदारप्रसाद चालिसेको इजलासले यस्तो फैसला गरेको हो । सार्वजनिक पदमा रहँदा जोशीले भ्रष्टाचार गरेको पुष्टी भएको भन्दै अदालतले उहाँलाई डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार जरिवानाको फैसला सुनाएको हो । जोशीविरुद्धको मुद्दामा विशेष अदालतले जेठ २९ देखि बहस सुरु गरेको थियो । 

जोशीले सार्वजनिक पदमा रहँदा करिब ३ करोड ९४ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० साल पुस २८ गते सर्वाेच्चमा मुद्दा दायर गरेको थियो । तर, विशेषका तत्कालिन अध्यक्ष भुपध्वज अधिकारी तथा सदस्यहरु कोमलनाथ शर्मा र चोलेन्द्र शम्शेर जवराले हदम्यादको कारण देखाउँदै मुद्दा खारेज गरिदिएका थिए । सर्र्वाेच्च अदालतले २०६८ पुस २४ गते हदम्यादको आधारमा भएको विशेषको फैसलालाई खारेज गरिदिएपछि फेरि गत वैशाख ६ गते जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।

Related

राष्ट्रिय 5942945523520771922

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item