सिन्धुली बनेपा सडकखण्डको १४ किलोमिटर हस्तान्तरण


सिन्धुली,साउन ११ । 
बर्दिवास सिन्धुली बनेपा सडक खण्ड अन्र्तगत पर्ने नेपालथोक खुर्कोटको १४ किलोमिटर पक्की सडक जापानले हस्तान्तरण गरेको छ । बुधवार नेपाल सरकारलाई हस्तान्तरण गर्दे आयोजनाका प्रबन्धक भरत काजी देअजूले सो खण्डको सडक निर्माण सम्पन्न गर्न ३ अर्व ६५ करोड येन अर्थात ४ अर्व १६ करोड नेपाली रुपैयाँ लागेको वताउनुभयो । 

सो सडक खण्डको निर्माणकार्य ३२ महिना अघि सुरु गरिएको थियो भने सवै काम २०७२ साल भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । पुर्वी तराईराई राजधानीसगँ जोड्न २०५३ सालदेखी सडक निर्माण कार्य सुरु गरिएको हो । सिन्धुली बजारदेखी खुर्कोटसम्म सडक निर्माण कार्य सम्पन्न गर्न ८ सय १५ करोड जापानी येन लागीसकेको छ ।  

Related

स्थानिय 2770392941668614583

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item