चिनियाँ उच्च पदस्त नेताका श्रीमतिलाई अदालतद्धारा मृत्युदण्डको फैसला

http://sindhulidarpan.blogspot.com/2012/08/blog-post_21.html
काठमाण्डौ भदौ ५ ।
चीनको एक अदालतले सोमबार पूव राजनीतिज्ञ बो सिलाइका पत्नी गु काइलाइलाई बेलायती व्यापारी निल हेवुडको हत्या गरेको आरोपमा स्थगित मृत्युदण्डको फैसला सुनाएको छ । यो काण्डले चिनियाँ कम्प्युनिस्ट पार्टीलाई धक्का पुगेको छ । निल हेवुडको हत्याका लागि गु काइलाइलाई अदालतले दोषी प्रमाणित गरेको छ । गुले पनि उक्त अपराध गरेको स्वीकार गरेकी थिइन र उनलाई मृत्यु दण्ड सुनाइयो तर यो दुई वर्षका लागि स्थगन गरिएको छ । उक्त जानकारी अदालतका अधिकारी टाङ यिगानले पत्रकारहरूलाई दिएका हुन् ।
बो परिवारका एक कर्मचारी झाङ सियाजुङले हेउडलाई मार्न विष दिन गुलाई सहयोग गरेको आरोप लगाइएको थियो र सो अपराधमा निजलाई नौ वर्षको काराबासको सजायँ तोकिएको छ । यसै गरी यस अपराधलाई लुकाउन सहयोग गरेको भनी चार प्रहरी अधिकारीलाई पनि दोषी प्रमाणित गरिएको छ । गुको मानसिक अवस्था ठिक नभएको भनी मृत्युदण्डको सजायलाई पन्छाइएको छ । चीनमा प्रायः स्थगन गरिएका मृत्युदण्डलाई आजीवन काराबासमा परिणत गर्ने गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !