ढुंगाले किच्दा दोलखामा एक महिलाको ज्यान गयो

http://sindhulidarpan.blogspot.com/2012/08/death_22.html
शेरबहादुर भुजेल, दोलखा,भदौ ६ ।
दोलखाको लाँकुरीडाँडा गाविस वडा नम्बर ६ का अमृताकुमारी श्रेष्ठको ढुंगाले किचेर मृत्यु भएको छ । हिजो बेलुकी स्थानीय मुसलमान थामीको पुरानो घर भत्किदा बाटो हिडिरहनु भएका श्रेष्ठलाई ढुंगाले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी परिरहेको बेला पुरानो घर भत्कदा खसेको ढुंगाले किचेर श्रेष्ठलाई किचेको र समयमै उद्धार हुन नसक्दा मृत्यु भएको स्थानिय शिक्षक डम्बर चौलागाईले जानकारी दिनुभयो । हिजो बेलुकीदेखि हराइरहनु भएका श्रेष्ठलाई खोजी गर्ने क्रममा आज बिहान ढुंगाले किचीरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !