सुत्केरीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/08/death_6235.html
जाजरकोट,भदौ ६ ।
अत्याधिक गएर जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । उपचारको लागि रुकुमको चौरजहारी अस्पतालमा भर्ना भएकी झाप्रा गाविस वडा नम्वर १ की ४० वर्षीया दिपा कार्कीको हिजो साँझ मृत्यु भएको हो ।
सुत्केरी भएदेखि रक्तश्राव नरोकिएर बिरामी परेकी कार्कीलाई नेपाली सेनाको बीरदल गणका अमलदार रमेश खड्डा र जवान ठाकुरसिंह तामाङले साउन २९ गते रक्त दान गर्नु भएको थियो । गत वैशाख ७ गते सुत्केरी भएकी कार्कीको रक्तश्राब नरोखिएर मृत्यु भएको हो । उचित स्याहार सुसार र स्वास्थ्य उपचारको अभावमा जाजरकोटमा वर्सेनी एक दर्जन बढी सुत्केरी महिलाहरुको अकालमा ज्यान जाने गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !