जनजातिको आफ्नै पार्टी हुनुपर्छ :एमाले नेता गुरुङ


काठमाण्डौ,साउन २४ ।
नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले आफ्नो अधिकारका लागि आफ्नै पार्टी हुनुपर्ने आवश्यकता खड्किएको बताउनुभएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आयोजित सभामा उहाँले एकीकृत माओवादीले जातीय राज्यको एजेन्डा उठाए पनि त्यसलाई बेवास्ता गरेको तथा काँग्रेस र एमालेले त्यसमा उदासीनता देखाएकाले सबै आदिवासी जनजाति मिलेर जातीय पार्टी खोल्नुपर्ने बताउनुभयो । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घकी अध्यक्ष ङिमी शेर्पा र महासचिव सोनी लामाले समग्र महिलाभित्रका आदिवासी जनजाति महिलाका लागि कोटा निर्धारण गर्न र जातीय पहिचानसहितको सङ्घीय राज्यका लागि आफूहरू सङ्घर्षरत रहने बताउनुभयो ।


Related

राष्ट्रिय 1242985160246192805

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item