गाइजात्राको अवसरमा भएको हास्यव्यंग्यप्रति राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण
http://sindhulidarpan.blogspot.com/2012/08/blog-post_8.html
काठमाण्डौ,साउन २४ ।
अहिले प्रदर्शन भइरहेको गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रमहरूमा महिलाको व्यक्तित्व तथा पहिचानतर्फ खेलबाड गर्दै महिलालाई मनोरञ्जनको साधनका रुपमा मात्र प्रस्तुत गरिएको भन्दै राष्ट्रिय महिला आयोगले विरोध गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर महिलाप्रति व्यक्ति, परिवार र समाजमा नकारात्मक भावना सिर्जना गराउने तथा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि नै कुठाराघात गर्ने कार्य भएकाले आगामी दिनमा यस्ता कार्य हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !