सिन्धुलीमा रेविज रोगीको सख्यामा बृद्धी
http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_7.html
चीना थापा, सिन्धुली,साउन २३ ।
सिन्धुलीमा रेविजका रोगीहरुको संख्यामा बृद्धी भएको छ । गत वर्षको साउनको तुलनामा यसवर्ष करिव ३२ प्रतिशतले वृद्धिहुने अनुमान जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ । २०६८ सालमा ३ सय २ जना रेविजका विरामी आएका थिए भने यसवर्षको सुरुको तीनमहिनामा नै १ सय ६ जना रेविजका रोगी आएको अस्पताल श्रोतले जनाएको छ । रोगका अस्पतालमा आउने अधिकाशं रेविजका विरामी भुसियाकुकुरले टोकेका मात्र भएको अस्पतालले जनाएको छ ।
बेलैमा भुसिया कुकुर नियन्त्रण नगर्ने हो भने अझ यसले विकराल रुप लिने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार अस्पतालमा उपचार गराउन आउनेमा नगरपालिका भित्र बसोवास गर्नेको संख्या बेसी रहेको छ । कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत युवराज आचार्यले गत वर्षहरुमा भुसिया कुकुरहरु बढ्दै गएपछि कुकुरलाई मार्ने , नियन्त्रण गर्ने प्रयास गरिएको भएपनि यस वर्ष भने नगरपालिकाले भुसिया कुकुर नियन्त्रणको लागि कुनै पहल नगरेको उहाँले वताउनु भयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !